• Sunday 18th of October 2026

राजनीतिक फोहोरबाट दिक्क, प्रेम आले अब कुन बाटो लाग्दैछन्?


  • धनकुटा खबर
  • .

काठमाडौं – डोटीका लोकप्रिय नेता र पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले हाल नेपाली राजनीतिक परिदृश्यबाट हराएका छन्।

एकीकृत समाजवादी पार्टीका सांसद रहे पनि उनी न त माधवकुमार नेपालसँग माओवादी केन्द्रमा गएका छन्, न त रामकुमारी झाँक्रीसँग एमाले फर्किएका छन्।

उनका निकट सूत्रका अनुसार आलेसँग हालै प्रचण्ड र केपी शर्मा ओली दुबै नेताले सम्पर्क गरेका थिए, तर उनले कुनै प्रतिबद्धता जनाएनन्।

आले अहिले राजनीतिक गतिविधिबाट टाढा बसेका छन्। उनले सेतोपाटीसँगको कुराकानीमा भने,
“म त प्रोस्टेटको अपरेसन गराएर आराम गरिरहेको छु, केही समयपछि काठमाडौं फर्कन्छु।”

उनले राजनीति “धेरै फोहोर भएको” बताउँदै राजनीतिक मोह घटेको पनि स्वीकार गरे।

तर स्रोतहरू भन्छन्, आले स्थायी रूपमा राजनीति छोड्ने तयारीमा छैनन्। डोटीमा उनको बलियो पकड रहेकाले कैलाली–५ बाट पनि चुनाव लड्न सक्ने चर्चा छ।

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आलेको काठमाडौंस्थित निवासमा आगजनी भएपछि उनी अहिले धनगढीमा बसिरहेका छन्।

स्रोतका अनुसार, प्रेम आले र किसान श्रेष्ठ दुबै माधवकुमार नेपालसँग असन्तुष्ट थिए। किसान एमाले फर्किए पनि आलेले अझै आफ्नो आगामी राजनीतिक दिशा स्पष्ट गरेका छैनन्।

सन् २०५४ देखि सक्रिय राजनीतिमा रहेका आले २०७०, २०७४ र २०७९ मा तीन पटक सांसद निर्वाचित भएका थिए।

अब उनी नेपाली कांग्रेसतिर आकर्षित हुने वा स्वतन्त्र राजनीतिक बाटो रोज्ने भन्ने प्रश्नमा भने उनले छोटकरीमा भने,
“त्यस्तो त नहोला।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖