• Friday 16th of October 2026

दार्चुलामा भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। दार्चुलाको गोकुलेश्वर भूकम्पको केन्द्रबिन्दु रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

दिउँसो २ बजेर ४३ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिइएको छ।

भूकम्पको धक्का छिमेकी जिल्ला बैतडी र बझाङसम्म पनि महसुस भएको थियो।

हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖