• Sunday 18th of October 2026

बामदेवको नेकपा एकीकरण अभियान पार्टी खारेज


  • धनकुटा खबर
  • .

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ ।

यो पार्टी वामदेव गौतम नेतृत्वमा रहेको पार्टी हो । यो पार्टी तत्कालीन नेकपा एकीकृत समाजवादीमा मिसिएको थियो ।

समाजवादी पार्टी समेत १० वटा दल समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी बनिसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पाटी गर्न संयोजक गौतमले निवेदन दिएका थिए । गौतमको निवेदनका आधारमा आयोगले पार्टी खारेज गर्ने निर्णय गरेको हो ।

अर्को पार्टीमा समायोजन भएकोले खारेज गरी पाउँ भनेर निवेदन परेपछि खारेजको निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖