• Sunday 18th of October 2026

प्रचण्ड र माधवलाई सारथि पाएपछि भीम रावलको प्रतिक्रियाः ‘विछोडको दिनको आलो घाउमा मलहम लागेजस्तो महशुस भएको छ’


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले विछोडको दिनको आलो घाउमा मलहम लगाएको जस्तो महशुस भएको प्रतिक्रिया दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदाको विछोडको आलो घाउमा मलहम लगाएको जस्तो महशुस भएको प्रतिक्रिया दिएका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिकृयावादीहरु र कम्युनिष्ट आन्दोलनलाई विशृङखलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेहरुबाट विभाजन गरिएर गह्रौ मन लिएर यही ठाउँबाट छुट्टिएर गइएको थियो । फर्केर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत यहाँ बस्नुभएका कमरेडहरुबीचमा कुरा राख्न पाउँदा विछोडको दिनको आलो घाउमा मलहम लागेको जस्तो महशुुस भएको छ,’– उनले भने ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० कम्युनिष्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको हो । सो पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् भने सहसंयोजकमा माधव कुमार नेपाल रहेका छन् । नेपाल र रावल दुवै एमाले पृष्ठभूमिका नेता. हुन् ।

नेता रावलले अहिले देश अत्यत्त विकट अवस्थामा रहेको बताए । नेपालको स्वाधीनताको लडाईँ नेपाली कम्युनिष्ट पार्टीले अझ सशक्त रुपमा लड्नुपर्ने पनि उनले बताए । बलियो राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, राजनीतिक र आर्थिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अगाडि बढाउने संकल्प गरी नेपाल कम्युनिष्ट पार्टीमा समाहित हुन पाउँदा सुखद् महशुस गरेको उनले बताए ।

आउने दिनमा आफूहरु सशक्त रुपले, संगठनात्मक, भावनात्मक एकता र आफ्नो लक्ष्यमा पुगेर छाड्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖