जेनजी मन्त्री बब्लु गुप्ताले पहिलेका सरकारले ५ वर्षमा गर्न नसकेको काम १ महिनामै गरेर देखाइदिएका छन् । उनी मन्त्री भएर आएपछि नेपाल स्काउटमा भाडा नतिरी सरकारी जग्गा कब्जा गरिएको छ भन्ने थाहा पाए ।
त्यसपछि उनले भाडा उठाउनको लागि १ हप्ताको समय दिए । हिजो समय सकियो तर भाडा आएन । त्यसपछि काठमाडौँ महानगरसंग मिलेर आज बिहान भाले बास्न नपाउदैं डोजर लगेर ती जग्गामा बनेका घरहरु भत्काइदिए ।
कब्जा गर्ने सानो कम्पनी थिएन, त्यो कम्पनी नेपाली कांग्रेसका चर्चित नेता दिपक खड्काको थियो । यसअघिका सरकारले पनि भाडा तिर तिर्न सुचना निकालेका थिए तर पैसा भने उठेन ।
यो काम बब्लुले एक महिनामै गरेर देखाइदिएका छन् । बब्लु गुप्ताले मन्त्री इमान्दार हुने हो भने देशमा परिबर्तन सम्भव छ भन्ने उदाहरण दिएका छन् ।
