• Saturday 17th of October 2026

उपेन्द्र यादव नेतृत्वको जसपा फेरि विभाजित, अशोक यादवले गरे जलोपा, चुनाव चिन्ह भैंसी


  • धनकुटा खबर
  • .

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजनमा पुगेको छ। महाधिवेशनमा महासचिवका उम्मेदवार रहेका अशोक यादवले पार्टी छाड्दै नयाँ दल ‘जनता लोकतान्त्रिक पार्टी’ (जलोपा) दर्ता गराएका छन्। उनले चुनाव चिन्हका रूपमा भैंसी स्वीकृत भएको बताए।

अशोक यादव यसअघि जसपाको लुम्बिनी प्रदेश अध्यक्ष थिए। उनले आफूलाई महासचिव पदबाट दबाब र षड्यन्त्रपूर्ण तरिकाले हटाइएको आरोप लगाउँदै लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए। पार्टी नेतृत्वसँगको विवाद चुलिँदै जाँदा उनले नयाँ दल गठन गर्ने घोषणा गरेका हुन्।

नवदर्ता जलोपा पार्टीमा जसपा छाडेका नेताहरूको बहुमत रहेको बताइन्छ। पार्टीको संरक्षकमा अमरेशनारायण झालाई राखिएको छ। २१ सदस्यीय कार्यसमितिमा बलराम प्रसाद यादव, राजनारायण चौधरी, भगतराम चौधरी, सुमित्रा चौधरी, निरंकार यादव, श्याम शेखर झा, सुरेन्द्र यादव, किशोर अधिकारी, माया बिष्ट, कल्पना शर्मा, दुर्गादेवी घिमिरे, राजेन्द्र शर्मा, अनु बिष्ट, मयाली चौधरी, सरोज चौधरी, शेख अर्शद, विष्णु नारायण यादव, काशिन्दर राम, श्यामबाबु चौधरी र रजनी शाक्य छन्।

यसअघि पनि उपेन्द्र यादव नेतृत्वको दलमा विभाजन भई अशोक राईको नेतृत्वमा जसपा गठन भएको थियो। नयाँ विभाजनसँगै जसपाको आन्तरिक अस्थिरता पुनः सतहमा आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖