• Saturday 17th of October 2026

‘खड्का ल्याण्ड’ मेरो होइन : पूर्वऊर्जामन्त्री दीपक खड्का


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले ‘खड्का ल्याण्ड’ मा आफ्नो कुनै स्वामित्व नरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उनले प्रकाशित हुँदै आएका केही समाचारहरू भ्रमपूर्ण भएको दाबी गरे।

खड्काले आफू हरेक विषयमा पारदर्शी र जवाफदेही रहँदै आएको उल्लेख गर्दै, राजनीतिक प्रतिशोधका कारण केही व्यक्तिले स्काउटको जग्गा विवादसँग आफ्नो नाम जोडेर भ्रम सिर्जना गरेको आरोप लगाए।

उनले लेखेका छन्,
‘म खुला किताबझैँ छु। पारदर्शी र जवाफदेही भएर काम गरिरहेको व्यक्ति हुँ। राजनीतिक प्रतिशोध र चरित्रहत्या गर्ने उद्देश्यले नेपाल स्काउटको विषयसँग मेरो नाम जोडिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

यसअघि ‘खड्का ल्याण्ड’ ले काठमाडौं लैनचौरस्थित नेपाल स्काउटको जग्गामा वर्षौंदेखि संरचना बनाएर भाडा नतिरी बसेको बताइएको थियो। भाडा नतिरेको र संरचना नहटाएपछि युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं महानगरपालिकाले बिहीबार सो क्षेत्र खाली गराएको हो। कारबाहीका क्रममा महानगरले त्यहाँ रहेका संरचनामा डोजर चलाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖