• Saturday 17th of October 2026

उपसभामुख राउतले सुरक्षा कारण देखाउँदै छाडिन् सरकारी आवास


  • धनकुटा खबर
  • .

जनकपुरधाम । मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले सुरक्षा जोखिम बढेको भन्दै जनकपुरधामस्थित प्रदेशसभा भवनभित्रको आवास छाडेकी छिन् ।

हालै प्रदेशसभामा तीव्र राजनीतिक तनाव सिर्जना भएपछि र सभामुखविरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावपछिको माहोल असहज बनेको कारण यस्तो निर्णय लिएको उनले बताइन्।

उपसभामुख राउतले भनिन्, “प्रदेशसभामा राजनीतिक तनाव बढेको छ। कार्यकक्षमै सांसदहरू थुनिने, विवाद बढ्ने, हातपातको प्रयाससम्म हुने घटना देखिँदा म पनि असुरक्षित महसुस गरिरहेको छु। सुरक्षा निकायको सुझावअनुसार आवास छोडेकी हुँ।”

उनका अनुसार अहिले उनी जनकपुरधामकै निजी निवासमा अस्थायी रूपमा बसोबास गर्नेछिन्। प्रदेशसभामा आफ्नो नियमित दायित्व निर्वाहमा कुनै असर नपर्ने उनले स्पष्ट पारिन्।

प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रस्ताव दर्ता भएपछि सत्ता–प्रतिपक्षबिच तीव्र विवाद चर्किएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖