• Saturday 17th of October 2026

मेयर छाडेर एमालेको गढबाट चुनाव लड्ने तयारीमा हर्क साम्पाङ


  • धनकुटा खबर
  • .

धरानका मेयर हर्क साम्पाङ फागुन २१ को प्रतिनिधिसभा चुनाव सुनसरी–१ बाट लड्ने तयारीमा जुटेका छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्।

उक्त पार्टी दर्तापछि मेयर साम्पाङ अब आफै चुनाव लड्छन् कि अरूलाई चुनाव उठाएर समर्थन मात्र गर्छन् भन्ने धेरैको चासोको विषय बनेको छ।

हामीले यसबारे मेयर साम्पाङका निकट सहयोगी तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य समिर तामाङसँग कुरा गर्दा उनले सुनसरी–१ बाट साम्पाङ प्रतिनिधिसभा चुनाव लड्ने जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖