काठमाडौ । पूर्व माओवादी उपमहासचिव जनार्दन शर्मा नेतृत्वको समूहनले प्रगतिशील नागरिक पार्टी नाममा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। एकीकृत समाजवादीसँगको एकता अस्वीकार गर्दै बाहिरिएको समूहले सविन सिग्देललाई अध्यक्ष र तीन पातलाई चुनाव चिह्न प्रस्ताव गरेको छ।
२५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ, जहाँ यमुना पुडासैनी, युगल ढकाल, सुरेशप्रसाद केसी, नवीनकुमार साह, चन्द्रकला बाँस्तोला लगायत समेटिएका छन्।
शुक्रबार रास्वपा छोडेका सन्तोष परियार पनि यही पार्टीमा जाने भएका छन्। त्यसैगरी बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी पनि यसै दलमा मिसिने तयारीमा छ, र ७ मंसिरमा एकता घोषणा गर्ने योजना बनाइएको छ।
