• Saturday 17th of October 2026

रमेश लेखकको साधारण सदस्यता पनि खोस्न पार्टी नेतृत्वलाई डा.शर्माको सुझाव


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पार्टीबाट कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन्।

आज (शनिबार) विश्व सञ्चाल परिवारले आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको महाधिवेशन तथा भावी कार्यदिशा’ विषयक भर्चुअल कार्यक्रममा उनले लेखकलाई पाँच वर्षसम्म साधारण सदस्यतासम्म नरहने गरी निष्कासन गर्नुपर्ने धारणा राखे ।

डा.शर्माले कांग्रेस महामन्त्री गगन थापालाई पार्टीलाई जनतामाझ ‘क्लिन इमेज’मा पुनः स्थापना गर्न निर्णायक कदम चाल्न आग्रह गरेका छन्। उनका अनुसार भदौ २३ र २४ का घटनामा कांग्रेसको पनि जिम्मेवारी रहेको छ।

गठबन्धनमा कांग्रेस र एमाले दुवै रहेकाले दोष केवल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीतर्फ मात्र लगाएर उम्किन नहुने उनले स्पष्ट पारे। उक्त कार्यक्रममा शर्माले तत्कालीन गृहमन्त्री लेखकको भूमिका प्रमुख भएको उल्लेख गर्दै पार्टीले अब ढिलाइ नगरी कारबाही प्रक्रिया थाल्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖