• Saturday 17th of October 2026

सन्तान अमेरिका पठाएर बसिरहेकी ७३ बर्षकी बृद्दालाई किन प्रधानमन्त्री बनाइयो ?


  • धनकुटा खबर
  • .

नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारमाथि कडा व्यङ्ग्य गरेका छन्।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै रावलले ‘युवापुस्तालाई स्थान’ भन्ने नारा उठाइए पनि अन्ततः ७३ वर्षीया नेतृलाई प्रधानमन्त्री बनाइएको भन्दै सरकार गठन प्रक्रियाप्रति प्रश्न उठाए।

रावलले भने, “१३ देखि २८ वर्षका युवाले नेतृत्व पाउनुपर्छ भनेर सडकमा नारा सुनेका थियौँ। तर अन्तिममा ७३ वर्षकी व्यक्तिलाई प्रधानमन्त्री बनाइयो। यो कस्तो तर्क हो?”

उनले उक्त नेतृ—जसले दशकौँसम्म राज्यको उच्च तहमा बस्दै सुविधा उपभोग गरेको र आफ्ना सन्तानलाई अमेरिका पठाएर आरामसँग बसेको—लाई शीर्ष पदमा पु¥याउनु जेन–जी आन्दोलनको मूल भावनाविपरीत भएको बताए।

रावलले थपे, “जिम्मेवारी बुढापाकाले छोड्नुपर्छ भनेर नारा लगाउनेहरूकै अगाडि बुढाकै हातमा नेतृत्व दिनु त विरोधाभास भयो।”

कार्यक्रममा रावलले ऊर्जा मन्त्री कुलमान घिसिङको भारत भ्रमण र त्यहाँ पुगेपछि गरिएको विद्युत् खरिद सम्झौताप्रति पनि शंका प्रकट गरे। उनले सो सम्झौताको पारदर्शिता र नेपालको दीर्घकालीन हितबारे प्रश्न उठाउँदै “देशको ऊर्जाक्षेत्र कतैतिर मोडियो?” भन्ने टिप्पणी गरे।

जेन–जी आन्दोलनपछिको राजनीतिक व्यवस्थापन, कार्यकारी नेतृत्व छनोट, र बाह्य सम्बन्धबारे उठेका प्रश्नहरूबीच रावलको ताजा टिप्पणीले राजनीतिक बहस थप तातेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖