• Saturday 17th of October 2026

आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले समायोजन गरेको पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य अनुसार आजदेखि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढेको छ।

निगमका अनुसार भारतबाट पेट्रोलमा २.५४ रुपैयाँ र डिजेलमा ६.५३ रुपैयाँ मूल्य वृद्धि भएर आएको हुँदा त्यस अनुसार आन्तरिक मूल्य बढाइएको हो।

मूल्य परिवर्तन पछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल,मट्टीतेल प्रतिलिटर १४७ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖