• Saturday 17th of October 2026

गृहले फिर्ता बोलायो नेता तथा उच्चपदस्थ व्यक्तिहरूको सुरक्षामा खटिएका ५०६ सुरक्षाकर्मी


  • धनकुटा खबर
  • .

काठमाडौ । गृह मन्त्रालयले नेता तथा उच्चपदस्थ व्यक्तिहरूको सुरक्षामा खटिएका ५०६ सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ।

यो पनि…

जनकपुर । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय दूतावासका प्रतिनिधिहरूले दलहरूलाई धम्क्याउने गरेको आरोप लगाएका छन् । शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वीरगन्जमा रहेको भारतीय दूतावासको काउन्सलर कार्यालयबाट दलहरूलाई धम्की आउने गरेको आरोप लगाएका हुन् ।

उनले मधेसमा राजनीतिक अस्थिरता र बिग्रिनुको मूल कारण भारतीय दूतावासबाट आउने धम्की रहेको बताए । उनले भने– ‘वीरगन्जमा रहेको काउन्सलर अफिसका प्रतिनिधिहरूले दलका नेताहरूसँग प्रत्यक्ष संवाद नगरी दलका नेताहरूलाई धम्क्याउने, दल फुटाई दिन्छु भन्ने जस्ता धम्की दिने गरेका छन् ।’

सम्बोधनको क्रममा मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा चुनौती रहेको समेत बताए । उनले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि खुलासा गरे ।

‘मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्‍यो । सीमित कार्यक्रमहरू राख्नुपर्‍यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्यो भन्ने कुरा सुरक्षा निकायबाटै आएको छ’ उनले भने । मुख्यमन्त्री यादवले आफू मात्र नभई सरकारमा सहभागी मन्त्री, प्रदेशसभा सदस्यहरूमाथि समेत सुरक्षा थ्रेट रहेको बताए ।

प्रदेशवासीलाई सम्बोधन गर्दै उनले मधेसको सच्चा दल नेकपा एमाले रहेको दाबी समेत गरे । मुख्यमन्त्री यादवले अन्य दलहरूले जति नाटक मञ्चन गरे पनि २०७९ को निर्वाचन परिणामले एमाले मधेसको सच्चा राजनीतिक दल रहेको प्रमाणित गरेको बताए । उनले सच्चा मधेसवादी शब्दमा नभएर व्यवहारमा हुनु आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖