• Saturday 17th of October 2026

कुलमान घिसिङ सरकार छाड्ने तयारीमा, रास्वपासँग पार्टी एकताको सम्भावना


  • धनकुटा खबर
  • .

ऊर्जा मन्त्री कुलमान घिसिङ अब चाँडै सरकारबाट बाहिरिने तयारीमा छन्। उनले केही दिनअघि पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर नयाँ दल दर्ता गराए, तर निर्वाचन आयोगबाट प्रमाणपत्र भने अझै पाएका छैनन्।

यस अवधिमा घिसिङको टिमले विभिन्न दल, समूह र स्वतन्त्र व्यक्तिहरूसँग निरन्तर संवाद गर्दै आएको छ। धेरै व्यक्ति र केही दलका नेताहरू पनि उनीहरूसँग जोडिन इच्छुक छन्, तर सबैले एउटा शर्त राखेका छन् कि घिसिङले मन्त्री पद छाड्नैपर्छ।

पार्टीका सदस्यहरूका अनुसार घिसिङ चाँडै मन्त्रालय छाडेर पार्टीको औपचारिक नेतृत्वमा बस्नेछन्। उनको नेतृत्वमा उज्यालो नेपाल पार्टीलाई फराकिलो वैकल्पिक राजनीतिक प्लेटफर्मको रूपमा उभ्याउने योजना छ।

पार्टीले अहिले संवाद समिति र उम्मेदवार छनोट समिति बनाइसकेको छ। यी समितिहरूले नयाँ सदस्य भित्र्याउने, सम्भावित उम्मेदवार छनोट गर्ने र पार्टी विस्तार गर्ने काम गर्नेछन्।

यसबीचमा राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपासँग पनि एकता वा सहकार्यबारे गम्भीर छलफल सुरु भएको छ। दुवै पक्षले वैकल्पिक राजनीति गर्नेहरूलाई एक ठाउँमा ल्याउने उद्देश्य राखेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖