• Saturday 17th of October 2026

सुशीला सरकार हटाएर एमालेको नेतृत्वमा सरकार बनाउने लेखराज भट्टको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० कार्तिक । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर एमालेको नेतृत्वमा नयाँ सरकार बनाउने घोषणा गरेका छन् ।

त्यसको लागि आवश्यक परे आगो बाल्नेसम्मको चेतावनी दिएका छन् । हिजो (शनिबार) एमाले कैलालीले आयोजना गरेको विशाल जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेको बटमलाईन नै संसद् पूनःस्थापना भएकोले त्यसको लागि सशक्त आन्दोलन गर्नेसम्मको चेतावनी दिए ।

उनले भने,‘तपाईं हामी सबै एमालेका समर्थकहरू, पार्टी सदस्यहरू, नेता कार्यकर्ताहरू गाउँ–गाउँ जानुपर्छ। टोल–टोल जानुपर्छ।

आम जनतालाई सचेत पार्नुपर्छ र यो असंवैधानिक सरकारका विरूद्ध अब आगो बाल्नुपर्छ, अब संघर्ष गरेरै अहिलेको सरकारलाई सत्ताच्यूत गर्नुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖