• Saturday 17th of October 2026

नयाँ पार्टीलाई ओलीले ‘वृद्धहरूको पार्टी’ भनेपछि आफ्नो अनुहार ऐनामा हेर्न झलनाथले दिए सुझाव


  • धनकुटा खबर
  • .

नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफूहरूको नयाँ पार्टीलाई ‘वृद्धहरूको पार्टी’ भनेर आलोचना गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कडा शब्दमा प्रतिवाद गरेका छन्।

आइतबार पेरिसडाँडामा बसेको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठकपछि खनालले पार्टी सबै पुस्ताको प्रतिनिधि भएको दाबी गर्दै आलोचनालाई अस्वीकार गरे।

पत्रकारहरूले ओलीको टिप्पणीबारे सोध्दा खनालले नयाँ पार्टी सर्वहारा, श्रमिक वर्गदेखि महिलादेखि युवासम्म सबैको हितमा लड्ने संगठन भएको बताए। “यो बुढापाकाहरूको मात्र पार्टी होइन,” उनले भने, “यो बच्चादेखि युवासम्म सबै आम जनताको पार्टी हो।”

खनालले ओलीतर्फ कटाक्ष गर्दै भनाइ थपे, “हाम्रो पार्टीलाई बुढापाकाको पार्टी भनेको ठीक होइन, बरु आफ्नो अनुहार ऐनामा हेर्नु राम्रो हुन्छ।” उनले नवगठित पार्टीलाई पुराना राजनीतिक संरचनाको विकल्पका रूपमा अघि बढाइने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖