• Saturday 17th of October 2026

सबैको पकेटमा दल छ, सुमनाको अलगै दल हुनैपर्छ भन्ने चाहिँ छैन:सुमना


  • धनकुटा खबर
  • .

रास्वपा छाडेपछि सुमना श्रेष्ठले जेनजी युवा र वैकल्पिक सोच भएका नेताहरू,बालेन शाह, कुलमान घिसिङ, सुदन गुरुङलगायतसँग मिलेर नयाँ दल बनाउने प्रयास गरिन्। पुराना दलबाट परिवर्तन सम्भव नभएको ठहर गर्दै उनी सामूहिक नेतृत्वको वैकल्पिक शक्ति बनाउन चाहन्थिन्।

तर फागुन २१ को निर्वाचनका लागि दल दर्ताको अन्तिम म्याद (कात्तिक ३०) भित्र सहमति जुटाउन नसक्दा उनको प्रयास सम्पन्न भएन र सुमना अहिले दलविहीन छिन्।

उनका अनुसार दर्ता भइसकेका साना दलहरूलाई मिलाएर वैकल्पिक एकीकृत शक्ति बनाउने पहल भने जारी छ। सुमना भन्छिन्, “सबैको पकेटमा दल छ, सुमनाको अलगै दल हुनैपर्छ भन्ने चाहिँ छैन। एउटै शक्ति बनेर जानुपर्छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖