• Saturday 17th of October 2026

अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) आफैले लिन सकिने प्रणालीको शुभारम्भ गरिएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सोमबार कर दिवसको अवसरमा यस्तो प्रणालीको सुरुवात गरेका हुन् ।

उनले वार्षिक ४० लाखसम्मको आय भएका र एकल रोजगारदाता भएका प्राकृतिक व्यक्तिका लागि क्युआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र लिने प्रणालीको समेत सुरुवात गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री खनालले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा लगानीको आकर्षक गन्तव्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरता कायम गर्न मन्त्रालयको संरचनागत पक्षमा सुधार गरिएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖