• Monday 5th of October 2026

साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट, जन्मदिनमा दिइन् सरप्राइज


  • धनकुटा खबर
  • .

काठमाडौं । आज सोमबार अभिनेत्री साम्राज्ञी शाहको जन्मदिन पनि हो ।

यो अवसरमा उनले प्रशंसकसामु एक सरप्राइज घोषणा गरेकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् ।

उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका फोटोमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ । आइतबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे विस्तृत खुलाएकी छैनन् ।

‘एस एन्ड बी’ ह्यासट्याग उल्लेख गर्दै उनले यो महत्वपूर्ण अवसरमा आफ्ना भावनाहरू पनि व्यक्त गरेकी छन् ।

उनी लेख्छिन्, ‘जसको लागि मैले प्रार्थना गरेँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा । कहिल्यै समात्न नसकिने शब्दहरूसहित आभारी छु । तिम्रो आँखा मेरो आँखासँग ठोक्किँदा सिर्जना भएको एक जादू । एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । फेरि चिप्लिन नदिइकन मेरो हातलाई बलियोसँग समातेकोमा धन्यवाद । तिमीले मलाई सम्झायौ कि माया गर्नु सजिलो छ । दयालु र कोमल हुनु । सधैं र सधैंभरि मेरो हृदय समात्नू ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖