• Saturday 17th of October 2026

दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।

सो क्रममा पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा प्रसाईँले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताए । उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ ।

प्रसाईँलाई गएइराति भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖