• Saturday 17th of October 2026

भड्काउ अभिव्यक्ति दिएका दुर्गा प्रसाईं जेलमा, सिंहदरबार जलाएकाहरु सरकारमा : मुकुल ढकाल


  • धनकुटा खबर
  • .

काठमाडौं, २ मंसिर । डा. मुकुल ढकालले दुर्गा प्रसाईं पक्राउको सांकेति रुपमा विरोध गरेका छन् ।

उनले भड्काउ अभिव्यक्ति दिएको भनेर दुर्गा प्रसाई जेलमा परेको तर भड्काउ कार्य गरेर सिंहदरवार जलाएकाहरू सरकारमा भएको भन्दै आलोचना गरेका छन् ।

यस्तै, देश टुक्राउँछु भनेर अभिव्यक्ति दिने सरकारको सुरक्षामा बसेको अनि धर्म र देश जोगाउँछु भन्ने दुर्गा प्रसाई कारागारमा भन्दै देश कता जाँदै छ ? भनेर उनले प्रश्न सोधेका छन् ।

प्रसाईंलाई हिजोमात्रै प्रहरीले निवासबाटै पक्राउ गरेको हो । प्रसाईंले यही मंसिर ७ गतेबाट जनप्रदर्शन गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖