• Saturday 17th of October 2026

रास्वपा प्रवेश गर्ने तयारीमा डा.अमरेशकुमार सिंह


  • धनकुटा खबर
  • .

काठमाडौ । विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने तयारी गरेका छन् ।

हिजो नख्खु कारागार पुगेर रवि लामिछानेसँग भेटवर्ता गरेपछि उनले पत्रकारहरु सँगको छोटो कुराकानीमा रास्वपासँग पनि आफ्नो राजनीतिक वार्ता भइरहेको बताएका छन् ।

आफू स्वतन्त्र उम्मेदवारको रुपमा विजय भएकाले गर्दा अहिलेसम्म कुनै पार्टीमा प्रवेश नगरेको तर अहिले रास्वपासँग सकारात्मक वार्ता भएको र अबको ३ हप्तापछि के हुन्छ भन्ने जवाफ दिने अमरेशकुमारले बताएका छन् ।

रविमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै केही महिनाअघि केन्द्रीय कार्यालयमै पुगेर हस्ताक्षर समेत गरेका अमरेशकुमार पछिल्लो समय रास्वपासँग नजिक भएका छन् । त्यस्तै रवि चुनाव अघि नै जेलबाट निस्किनेमा आफू आशावादी रहेको समेत बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖