काठमाडौं, मंसिर ३। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा जान रोकिएका एमाले नेताहरूको घटनालाई गम्भीर र चिन्ताजनक भनेका छन्। उनका अनुसार सिमरा क्षेत्रमा देखिएको तणाव Gen Z आन्दोलनको वास्तविक भावना नभई यसको दुरुपयोगको परिणाम हो।
शर्माले एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत विमानस्थल नजिकै जेनजी समूहले प्रदर्शन गरेपछि काठमाडौंमै रोकिनु दुःखद भएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भने, प्रधानमन्त्रीज्यू, एक साधारण भ्रमणको वातावरण बनाउन नसके चुनाव कस्तो गरी हुने हो?
उनले मधेस प्रदेशमा एमालेका क्रियाकलापलाई आलोचना गर्दै पनि नेताहरूलाई आफ्ना विचार राख्न रोक्न नहुने बताए। उनले भने, मधेसमा कसैले गल्ती गरेको भए त्यसको आलोचना गरौँ, दबाब दिनुपरे संयमपूर्वक दिऔँ, तर कसैको संविधानले दिएको समाज भ्रमण अधिकार कुण्ठित गर्नु समाधान होइन।
शर्माका अनुसार सिमरामा उठेको केही आवेगले Gen Z आन्दोलनको असली भावना होइन, त्यसको दुरुपयोग मात्र देखिएको छ। उनले निषेधको राजनीति नगर्न सबैसँग अपिल गर्दै भने, अहिलेको समय द्वन्द्व बढाउने होइन, संयम र एकता अघि सार्ने हो।
