• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्रहरी र माओवादीबीच भिडन्त, ६ जना माओवादीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं। भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन्।

यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो। इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन् र यसका लागि कडा निगरानी राखिएको छ।

१७ नोभेम्बरदेखि सञ्चालन गरिएको अपरेसनअन्तर्गत १८ तारिख बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए। यता, प्रहरीले गत केही दिनमा एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट कुल ५० जनालाई पक्राउ गरेको छ, जसमा स्पेशल जोनल कमिटी सदस्यदेखि लिएर प्लाटुन, डिभिजन र क्षेत्रीय समिति सदस्यसम्म सामेल छन्।

उनीहरूबाट ठूलो मात्रामा हतियार र विस्फोटक समेत बरामद गरिएको छ। छत्तीसगढका सुकमा, विजापुर, नारायणपुर र बस्तर जिल्लामा बढ्दो सुरक्षा दबाब तथा हिड्माको मृत्युपछि माओवादीहरू आन्ध्र प्रदेश प्रवेश गरी शहरी क्षेत्रमा लुकिएर पुनः संगठन निर्माण र भविष्यका कारबाही योजना बनाउन खोजेको प्रहरीले जनाएको छ।

डीजीपी हरीश कुमार गुप्ता, एडीजी महेश कुमार लड्डा र सिआइबी प्रमुख रामकृष्णाको समन्वयमा चलाइएको यो बहु–एजेन्सी अपरेसन सफल भएको दाबी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖