नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा जेनजी समूह र प्रहरीबीच झ’डप भएको छ।
बस्नेत मधेस प्रदेशस्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउँदैछन् भन्ने सूचना पाएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेका थिए।
प्रदर्शन रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच झ’डप भएको हो।
अहिले विमानस्थलमा जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली तैनाथ छ।
