• Saturday 17th of October 2026

सिमरामा एमालेले नियोजित घटना गराएको जेनजीको आरोप


  • धनकुटा खबर
  • .

सिमरामा भएको तनावपूर्ण घटनाबारे ‘जेनजी’ समूहले गम्भीर आरोप लगाएको छ । नेकपा (एमाले) ले आफ्नो कार्यक्रम बिथोलेको आरोप लगाइरहँदा जेनजी मधेश प्रदेश संयोजक शिव यादवले भने एमाले निकट समूहले नै जेनजीको शान्तिपूर्ण कार्यक्रममा आक्रमण गरेको दाबी गरेका छन् ।

सिमरा चोकमा जेनजीको पूर्व निर्धारित कार्यक्रम चलिरहेको बेला परवानीपुरको एमाले कार्यक्रमबाट आएका जत्थाले आक्रमण गरेको यादवको भनाइ छ ।

एमाले कार्यकर्ताको कुटपिटबाट जेनजी बारा संयोजक सम्राट उपाध्यायसहित दर्जनौं युवा घाइते भएको बताइएको छ ।

संयोजक यादवले घटनाको मुख्य योजनाकार एमाले नेता महेश बस्नेत रहेको आरोप लगाएका छन् । उनले बस्नेतलाई ‘मधेश निषेध’ गर्नुपर्ने र घटनामा संलग्न ‘गुण्डाहरू’ लाई पक्राउ गर्न सरकारसँग माग गरेका छन् ।

एमालेले मधेशमा लगातार उक्साहटपूर्ण गतिविधि गरेर शान्ति सुरक्षामा खलल पुर्‍याएको जेनजीको निष्कर्ष छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖