• Saturday 17th of October 2026

ओलीले भने– दुर्गा प्रसाईंलाई तुरुन्त छाड्नुस्


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गर्ने काम सरकारले गरेको भन्दै असन्तुष्टि पोखका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका क्रममा उनले प्रसाईंलाई तुरुन्त छाड्न सरकारलाई आग्रह गरे ।

‘अपराध गरे पो थुन्ने हो । भएको भिडियो बाहिर ल्याउनु अपराध हो ?’, ओलीले प्रश्न गरे । उनले स्वेच्छाचारी ढङ्गले प्रसाईँलाई पक्राउ गरिएको बताए ।

‘राति राति तमासा गरिरहेको छ यो सरकारले । यहाँ बोल्न पनि नपाइने भयो । निर्वाचन भन्छ सरकार । बारामा हाम्रो युवा भेला थियो । भेलामा जेनजी भन्दै केही विद्वानहरूले ढुंगामुढा गरे बिथोले’, ओलीले भने, ‘सिमरा एयरपोर्ट बन्द भयो । नेताहरूलाई जान रोकियो ।’ उनले सभा गर्नै नदिनेले चुनाव कसरी गर्छ भन्दै प्रश्न गरे । अध्यक्ष ओलीले जेनजीका नाममा हुने आतङ्क रोक्न सरकारलाई आग्रह समेत गरे ।

‘कस्तो चुनाव गर्न चाहनुहुन्छ प्रधानमन्त्री जी ?’, ओलीको प्रश्न छ । उनले नेकपा एमाले देश छाडेर नभाग्ने उल्लेख गर्दै प्रतिवाद गर्ने पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖