नेकपा एमालेका नेता महेश बस्नेतले ६ गते काठमाडौंमा हुने प्रदर्शनले सरकार ढाल्ने दाबी गरेका छन्।
उनले भृकुटी मण्डपमा ११ गते ठूलो सभा हुने जानकारी दिँदै, उपस्थिति एमाले अध्यक्ष केपी ओलीको साथ युथ भोलेन्टियर्स फोर्स गठन हुने बताए।
बस्नेतले भने, “माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरिनेछ, ६ गतेको सभा सफल भएपछि सुशीला आमाले राजीनामा दिनुपर्छ।”
उनले अवैधानिक सरकार छोड्नुपर्ने र रोक्न खोजे पनि कार्यक्रम जारी रहने दाबी गरे।
