• Saturday 17th of October 2026

जेनजी आन्दोलनमा भएको घटनाको जिम्मेवारी केपी शर्मा ओलीले लिनुपर्छः ईश्वर पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडै । ईश्वर पोखरेल भन्छन्-

जेनजी आन्दोलनमा भएको घटनाको जिम्मेवारी केपी शर्मा ओलीले लिनुपर्छ ।

यो पनि…

नेकपा एमालेले गठन गर्न लागेको नेशनल भोलन्टियर फोर्सको संयोजकका रूपमा पुष्पराज श्रेष्ठले सम्हाल्ने

काठमाडौ । नेकपा एमालेले गठन गर्न लागेको नेशनल भोलन्टियर फोर्सको संयोजकका रूपमा युवा संघका पूर्वउपाध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य पुष्पराज श्रेष्ठलाई अगाडि सारिने भएको छ।

युवा संघका प्रवक्ता निरोज पौडेलका अनुसार मंसिर ५ गते माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने विशेष कार्यक्रममा यो भोलन्टियर फोर्सको औपचारिक घोषणा गरिनेछ। सो सभामा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुने जानकारी उनले दिएका छन्।

भोलन्टियर फोर्स निर्माण प्रक्रियाको तयारी एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले करिब १५ दिनअघि गुण्डुमा गरेको भेलाबाट सुरु भएको हो। त्यस भेलाबाट पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरियो, जसले विधान, लोगो, झन्डा, संरचना, उद्देश्य तथा आगामी कार्यक्रमहरूको प्रारूप तयार पारेको छ।

फोर्सको नेतृत्व सम्हाल्न लागेका पुष्पराज श्रेष्ठ महेश बस्नेतका निकट मानिन्छन्। एमालेभित्रको स्रोतले बताएअनुसार गुण्डु क्षेत्रमा ओली र बस्नेतको सुरक्षासम्बन्धी गतिविधिमा दैनिक सयौँ युवाहरू परिचालन गर्ने जिम्मेवारी पनि श्रेष्ठकै हातमा छ।

यो नयाँ फोर्स थपिएपछि नेकपा एमालेका कुल जनसंगठनहरूको संख्या २४ पुग्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖