• Saturday 17th of October 2026

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो


  • धनकुटा खबर
  • .

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।

गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आदेश दिएको थियो। मिसिल आएकोले आज पेसी चढाएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले रातोपाटीलाई बताए ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

अदालतले लामिछाने र जोशी मुद्दा एकै साथ हेर्न यस अघि नै आदेश दिएको थियो । आज पेसी तोकिएपछि लामिछाने र जोशीका कानुन व्यावसायीहरु बहसमा को–को सहभागी हुने भन्नेमा छलफलमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖