• Saturday 17th of October 2026

आफूहरुको नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन भन्दै जेन-जीहरुले गुहारे राष्ट्रपति


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ मंसिर । विभिन्न २३ वटा जेन–जी समूहले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले ज्ञापनपत्रमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले जेन–जीहरुको माग सम्बोधन गर्न नसक्ने हो भने यसलाई फिर्ता बोलाएर आफूहरुको नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेललाई उनीहरुले मुलुकमा भएका ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संसोधन, जेन–जी विद्रोहको नरसंहारमा संलग्न रहेकामाथि कारबाही, जेन–जी विद्रोहका घाइतेहरुको उपचार, जेन–जी विद्रोहका सहिद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको माग गरिएको छ ।

‘यो सरकारले यदि विद्रोही पक्षको माग पूरा गर्न सक्दैन भने यो सरकारलाई फिर्ता बोलाइ हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यू समक्ष निवेदन गर्दछौं,’– ज्ञापनपत्रमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖