• Saturday 17th of October 2026

एमालेले आजको कार्यक्रमका लागि अनुमति लिनु नपर्ने, भोलि प्रशासनले सहजीकरण गर्ने


  • धनकुटा खबर
  • .

नेकपा एमालेले काठमाडौं शुक्रबार र शनिबार कार्यक्रम गर्दैछ।

शुक्रबार बिहान ११ कार्की ब्यांक्वेटमा एमालेको कार्यक्रम हुने तय छ। उक्त कार्यक्रमबाट एमालेको नेसनल भोलिन्टियर फोर्स घोषणा हुँदैछ।
अध्यक्ष केपी शर्मा ओलीले फोर्स घोषणा गर्नेछन्।

एमालेले शुक्रबारको कार्यक्रमका लागि प्रशासनलाई जानकारी गराइसकेको छ।

कार्यक्रम हलभित्र हुने भएकाले अनुमति भने लिइराख्नु नपर्ने सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।
‘कार्यक्रम इन्डोर गर्ने भनिएको छ। त्यसकारण अनुमति लिइराख्नु परेन,’ उनले भने।

शनिबारै एमालेको बागमती प्रदेश कमिटीले जनसभा गर्दैछ। जनसभा क्रममा शान्तिपूर्ण प्रदर्शन पनि हुनेछ।

त्यसको अनुमतिका लागि एमालेले निवेदन दिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलले बिहीबार बताएका थिए।

उक्त कार्यक्रमका लागि प्रशासनले सहजीकरण गर्ने सहायक प्रमुख जिल्ला अधिकारी रिजालले शुक्रबार सेतोपाटीलाई जानकारी दिए।

‘शनिबारको कार्यक्रम भृकुटीमण्डपभित्र गर्नेगरी सहजीकरण भएको छ,’ सहायक प्रजिअ रिजालले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖