• Saturday 17th of October 2026

मंसिर ८ गते ईश्वर पोखरेलले पार्टी अध्यक्षका लागि औपचारिक रुपमा दाबी गर्ने


  • धनकुटा खबर
  • .

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षका लागि औपचारिक रुपमा दाबी गर्ने तयारी गरेका छन्।

स्रोतका अनुसार उनी आगामी मंसिर ८ गते ठूलो सार्वजनिक भेला गर्दै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी उद्घोष गर्ने योजना बनाइरहेका छन्। सो दिन राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम गर्दै पोखरेलले उम्मेदवारी सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

यसैबीच, मंसिरको अन्तिम सातामा हुने एमालेको ११औँ महाधिवेशनमा पनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने संकेत मिलिरहेको छ। तेस्रो कार्यकाल सुनिश्चित गर्न ओलीले पहिले नै पार्टी विधान संशोधन गराएका थिए।

तर, जेन-जी आन्दोलनपछि पार्टीको राजनीतिक दिशा बदलिएको भन्दै अब नयाँ नेतृत्व आवश्यक भएको तर्क पोखरेलले निरन्तर गर्दै आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖