• Saturday 17th of October 2026

बारामा उत्पन्न पछिल्लो सुरक्षा घटनाक्रमपछि बाराका एसपी सन्तोष तामाङलाई जिम्मेवारीबाट हटाइयो


  • धनकुटा खबर
  • .

बारामा उत्पन्न पछिल्लो सुरक्षा घटनाक्रमपछि जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ।

बाराका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई नयाँ प्रमुखका रूपमा खटाइएको छ। सिमरा क्षेत्रमा दुई दिनयता बिग्रिएको सुरक्षा अवस्था र बारामा देखिएको तनावपछि प्रहरी नेतृत्वमा तत्काल फेरबदल गरिएको बताइएको छ।

यससँगै धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ।

बाराको सुरक्षा व्यवस्थालाई स्थिर बनाउन नयाँ टोलीले आजै जिम्मेवारी सम्हाल्ने तयारी गरेको स्रोतले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖