• Saturday 17th of October 2026

प्रहरी हिसासतबाट दुर्गा प्रसाइको अपिल


  • धनकुटा खबर
  • .

प्रहरी हिसासतबाट दुर्गा प्रसाइको अपिल

सबै सबैमा नमस्कार !
हाम्रो देश नेपाल राजा महेन्द्र राजा बिरेन्द्र र मदन भण्डारी जस्ता
राष्ट्रवादी व्यक्तिको हत्या गराइ यहाँबाट सदियौ देखिको बैदिक सनातन हिन्दु धर्म हटाउन देशको प्रशासनिक र न्यायिक शिर सिहदरवार , सर्वोच्च अदालत प्रहरी कार्यालय,गा वि स नगरपालिका सम्म धवस्त पार्ने विदेशी योजना नेपालमा २००४ सालदेखि सुरु भएको थियो ।

यसरी नेपाल माथि गरिएको षडयन्त्र २०८२ सालमा आएर सफल भएको देखिन्छ ।

जेन जी आन्दोलन पश्चात गोबिन्द के सि को नक्कलिआमरण अनसनको जगमा बनेको यो नक्कलि सरकारबाट अब देश जोगाउन सच्चा धर्तिपूत्रहरु कृष्ण, राम,अर्जुन र लक्मण बनेर अब मातृभुमिको रक्षाको निम्ती निस्कनु शिवाय अरु कुनै बाटो नभएको ले धर्तिको रक्षा गर्न देशलाइ यो स्थितिमा पुर्याउने सबै देशका भ्रष्टाचारी तथा रक्त पिपासुहरुलाइ लखेट्न सबै जेन जी पुस्ता, बिभिन्न दल भित्ररहनु भएका राष्ट्रबादि व्यक्तित्वहरु आम देशभक्त नागरिक समाज सबै एक भएर देश जोगाउने अभियानमा सरिक भइ अघि बढ्न र आ आफनो क्षेत्रबाट लागिपर्नु हुन म सबैमा हार्दिक अपिल गर्दछु ।

सचिवालयको सहयोगबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖