• Saturday 17th of October 2026

बिनासूचना सुदन गुरुङ पूर्वमन्त्री श्रेष्ठको निवासमा पुगेपछि


  • धनकुटा खबर
  • .

बारा । पूर्वसूचनाबिनै जेनजीका अगुवा सुदन गुरुङको नेतृत्वको टोली पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठको औराहास्थित निजी निवासमा प्रवेश गरेको छ ।

पूर्वमन्त्री श्रेष्ठले घरमा कोही नभएको मौका छोपी गुरुङको टोलीले कर्मचारी र सहयोगीलाई धम्की दिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।

पार्टीको कामको सिलसिलामा काठमाडौँ गएको मौका छोपी कथित जेनजी नेता भनिएका सुदन गुरुङ आफ्नो निजी निवासमा प्रवेश गरी काम गर्ने कर्मचारी र सहयोगीलाई धम्क्याएको पूर्वमन्त्री श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काम गर्ने कर्मचारीलाई किसान श्रेष्ठको घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाप्रति घोर भर्त्सना गर्दछु।’ उनले जेनजीको नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖