• Saturday 17th of October 2026

सुदन गुरुङले मेरो घर फेरि जलाउँछु भनेर धम्की दिए : किसान श्रेष्ठ


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री किसान श्रेष्ठले हामी नेपालका संयोजक सुदन गुरुङले आफ्नो बारामा रहेको घर फेरि जलाउँछु भनेर धम्की दिएको खुलासा गरेका छन् ।

उनले सुदनलाई जेनजीको कथित नेताको संज्ञा दिएका छन् ।

आफू पार्टी कामको सिलसिलामा काठमाडौं आएको मौका छोपी जितपुर सिमरा–४ औराहामा रहेको आफ्नो घरमा पुगेर सुदनले लुटपाट र गुण्डागर्दी शैलाीमा पूनर्निमाणको काममा खटिएका कामदार र कर्मचरीलाई पनि धम्काएको श्रेष्ठको दाबी छ ।

उनले जेनजीको नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति गराईदिन सरकार र स्थानीय सरकारलाई अनुरोध गरेका छन् । उनले फेशबुकमार्फत यो घट्नाको खुलासा गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖