• Saturday 17th of October 2026

प्रहरीको राशन भत्ता बढाउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल प्रहरीको मनोबल बढाउन राशन भत्ता बढाउने तयारी थालिएको छ। गृहमन्त्रालयले नेपाल प्रहरीको राशन भत्ता बढाउन अर्थमन्त्रालयसँग सहमति लिनका लागि प्रस्ताव गरेको छ।

प्रहरी महानीरिक्षक दानबहादुर कार्कीले गृहमन्त्रालयमा राशन भत्ता बढाउन प्रस्ताव गरिसकेका छन्। सशस्त्र प्रहरीले भन्दा नेपाल प्रहरीले कम रासनभत्ता पाउने भएकाले विभेद हटाएर बढाउन लागिएको हो।

भत्ता पुनरावलोकन सम्बन्धि प्रस्ताव प्रहरीबाट पुगिसकेकाले त्यसको बारेमा छलफल भैरहेको मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल प्रहरीले सशस्त्र प्रहरीले भन्दा ४ प्रकारका रासन कम पाउने गरेको छ। जसकारण प्रहरीको भत्ता कम हुने गरेको छ। जून विभेद हटाउन हालका गृहमन्त्री ओमप्रकाश अर्यालले सहमति दिइसकेका छन्।

सुरक्षा निकायलाई रासनमा विभेद हुँदै आएको छ। काठमाडौं उपत्यकामा कार्यरत प्रहरीले दिनको करिब दुई सय रासनभत्ता पाउने गरेका छन्।

दुई पटकको खाना र एक पटकको खाजाका लागि त्यो रकम दिने गरिएको छ। प्रहरीको रासनभत्ता २०७८ सालदेखि बढ्न सकेको थिएन । त्यतीबेला पनि जम्मा १५ प्रतिशत बढेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖