• Saturday 17th of October 2026

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमतीसहितका नातेदारलाई नियुक्ति दिलाएको खुलेपछि


  • धनकुटा खबर
  • .

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमतीसहितका नातेदारलाई दिलाए नियुक्ति दिलाएको खुलेपछि, रक्षा बमले पदमुक्त गरियोस् भन्दै सामाजिक सञ्जालमा लेखेकी छन् ।

यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको र’गतको अपमान भएको छ ।

जेनजी वि’द्रोह रकमको भ्रष्टाचार बिरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावाद विरूद्ध पनि थियो । भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं । तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोहकै बलमा जागिर लगाउने काम गरेका छन, त्यो सरासर गलत भएको छ ।

आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरी उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖