• Saturday 17th of October 2026

रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले लिए राजीनामा फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिएका छन् ।

उनले पदबाट दिएको राजीनामा सोमबार फिर्ता लिएको रास्वापाले जनाएको छ ।

यसअघि उनले ‘पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको ।’ बताएका थिए ।

राजीनामा दिनुअघि उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए । बैठकका सहभागीले राजीनामा नदिन दबाब दिए पनि उनले धेरै सोचविचार गरेपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताएका थिए ।

पार्टीको प्रचलनअनुसार बागमती प्रदेश समितिमा राजीनामा बुझाएका विष्टले आज राजीनामा फिर्ता लिएका हुन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौं- १० बाट उम्मेदवार थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖