पार्टीकै वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अब पार्टी र देश दुवै निकास नदिने नेतृत्वको रूपमा कडा आलोचना गर्दै नयाँ नेतृत्व आवश्यक भएको बताएकी छिन्।
जेल बस्दाको दुःखबाहेक एमाले निर्माणमा ओलीको कुनै योगदान नदेखिएको उनको भनाइ छ।
जेन-जी घटना, पार्टीको कमजोर अवस्था र निरन्तर विवादित निर्णयको जिम्मेवारी ओलीकै काँधमा रहेको बताउँदै उनले आगामी महाधिवेशनमा ईश्वर पोखरेललाई साथ दिँदै पार्टीलाई ‘ओलीनिर्भरता’ बाट मुक्त गर्नुपर्ने संदेश दिएकी छिन्।
