• Saturday 17th of October 2026

स्वर्णिम र तोसिमाले रास्वपा छाड्ने बारे के भन्छन् मनिष झा ?


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले उपसभापति डा. स्वर्णिम वाग्ले र नेतृ डा. तोसिमा कार्कीले पार्टी छाड्ने कुरा निराधार हल्ला मात्रै रहेको दाबी गरेका छन्। पत्रकारले राखेका जिज्ञासाको उत्तर दिँदै प्रवक्ता झाले यस्तो दाबी गरेका हुन्।

‘पाँच जना पदाधिकारी र तीन जना सांसदले पार्टी छाड्दै छन् रे भनेर आजभन्दा आठ महिना अगाडि पनि हल्ला भएको थियो,’ प्रवक्ता झाले भने,‘तीन घण्टामा पत्रकार सम्मेलन हुँदै छ, यतिले पार्टी छोड्दै छ भन्ने हल्ला पहिले पनि भएको थियो।’

त्यसको पछि नलाग्न उनले आग्रह गरे। स्वर्णिम र तोसिमाले पार्टी छाड्ने हल्ला नेपाली कांग्रेसको एक फेसबुक ग्रुपमा आएको पनि उनले दाबी गरे। ‘कुनै विश्वसनीय सञ्चारमाध्यमले त्यस्तो ल्याए हामी पनि ध्यान दिन जरुरी छ भन्ने ठानौँला।

एउटा पार्टीको अमुक समूह जसमा दुई चार हजार सदस्य छन्, त्यसको पछाडि हाम्रै मान्छे पनि लाग्छ। त्यसको प्रश्न सोध्न थाल्छ। त्यो विश्वसनीय होइन,’ प्रवक्ता झाले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖