• Saturday 17th of October 2026

विद्यालयका बाल शिक्षक तथा कर्मचारीलाई सरकारले तोकेको न्युनतम तलब अनिवार्य दिन शिक्षामन्त्रीको आग्रह


  • धनकुटा खबर
  • .

शिक्षामन्त्री महावीर पुनले स्थानीय सरकारलाई विद्यालयका बाल शिक्षक तथा कर्मचारीलाई सरकारले तोकेको न्युनतम तलब अनिवार्य दिन आग्रह गरेका छन्।

उनले बाल कक्षा शिक्षकका लागि रु १२,०००, विद्यालय सहयोगीका लागि रु १०,००० र सहायक कर्मचारीका लागि रु १५,००० संघीय सरकारले नै पठाइसकेको बताए।

उनका अनुसार झण्डै ७०० स्थानीय तहले न्युनतम पारिश्रमिक मिलाएर तलब वितरण गरिसके पनि केही स्थानीय तहले अझै नदिएको भन्दै जिम्मेवारी पुरा गर्न चेतावनी दिएका छन्।

साथै, यस विषयमा ट्रेड युनियन नेतृत्व मौन बसेकोमा उनले प्रश्न उठाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖