• Saturday 17th of October 2026

गगनलाई कल्याणको जवाफ- विशेष महाधिवेशन हुँदैन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको विकल्प नरहेको बताइरहेका बेला संस्थापन पक्षीय नेताहरू विशेष महाधिवेशन नहुने दाबी गरिरहेका छन् ।

महामन्त्री थापाले समाजिक सञ्जालमार्फत् सोमबार विशेष महाधिवेशनको विकल्प नभएको जिकिर गरेको भोलिपल्ट संस्थापन पक्षीय केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने जवाफ फर्काएका छन् ।

उनले महामन्त्री थापाकै शैलीमा फेसबुकबाटै जवाफ फर्काएका हुन् । ‘साथीहरूले फोन गरेर सोध्नु हुन्छ– के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?,’ गुरूङले लेखेका छन्, ‘मैले भनेँ– बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।’

महामन्त्री थापाले सोमबार बिहानैबाट पार्टीका नेता–कार्यकर्ताहरूले आफूलाई सभापति देउवाकै हस्ताक्षरमा चुनावमा जाने विषयमा प्रश्न गरिरहेका बताएका थिए ।

उनले एक्समा लेखेका थिए, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ– पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भनें-होइन । साथीहरूले फेरी सोध्नुभयो कसरी ? मैले भनें- प्रष्ट छ ।’

१४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहिसकेका नेता गुरूङले विशेष महाधिवेशन नहुनका पाँच कारण पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖