काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबार मात्र पार्टी प्रवेश गरेका नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव भरतप्रसाद दुलाललाई केन्द्रीय सदस्य बनाएको छ ।
एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुलालको प्रवेशसँगै दोलखामा नेकपाको सङ्गठनात्मक प्रभाव अझै सुदृढ हुने पार्टीको अपेक्षा रहेको छ ।
