कृष्णप्रसाद सिटौला भन्छन्-
शेरबहादुर देउवा होइन गगन थापा र विश्वप्रकाश शर्माको कारण कांग्रेसलाई ठूलो घाटा लाग्न सक्छ ।
यो पनि…
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने तयारीमा एमाले
काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) ले प्रतिनधिसभा निर्वाचनको लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ । आज (मंगलबार) दिउँसो आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिने तयारी रहेको बताइएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको एजेण्डा उठाइरहेको एमालेले अन्ततः दल दर्ता पनि गर्न लागेको हो । निर्वाचन आयोगमा सोमबारसम्म निर्वाचन प्रयोजनाका लागि ६४ वटा दल दर्ता भएको छ ।
आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तय भएको छ । आयोगले मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय तोकेको छ ।
