• Saturday 17th of October 2026

जेन-जी पुस्तालाई मन्त्रीको प्रश्न : सिंहदरबार घेरेर मात्र देश विकास हुन्छ? खोइ कुरो बुझेको?


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन-जी युवाले सिंहदरबार घेरेकोप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नदिइएको भन्दै मंगलबार मिराज ढुंगानासहित जेनजी युवा सिंहदरबार गेटमा विरोध गर्न पुगेका थिए। तर निषेधित क्षेत्रमा भिड गरेर होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई हटाएको थियो।

यसप्रति असन्तोष व्यक्त गर्दै शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको? अहिलको युवा पुस्तासहित भावी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो ।

बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएका रहेछन्, जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेका छन्। अनि देश कसरी बन्छरु कि त अन्तिम उपाय भनेको पूर्ण क्रान्ति हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖