• Saturday 17th of October 2026

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच एक चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालबिच एकल चुनाव चिह्न लिएर प्रतिनिधिसभा निर्वाचनमा भाग लिने सहमति भएको छ ।

उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चुनाव चिह्नलाई एकल चुनाव चिह्न बनाएर निर्वाचनमा भाग लिने समझदारी बनेको उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाले रातोपाटीलाई जानकारी दिए ।

उनले वैकल्पिक शक्तिहरू एकताबद्ध हुँदै निर्वाचनमा जाने प्रयास स्वरूप हाम्रो पार्टी नेपालसँग समझदारी बनेको बताउँदै अन्य दलहरूसँग पनि सहकार्यका लागि छलफल चलिरहेको बताए ।

उनका अनुसार एकल चुनाव चिह्नमा भएको समझदारीसहित पार्टीको आगामी योजनाबारे जानकारी दिन बुधबार नै राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । प्रतिनिधिसभा निर्वाचन फागुन २१ का लागि तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖