• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हङकङमा भीषण आगलागी: ४४ जनाको मृत्यु, २७९ अझै बेपत्ता


  • धनकुटा खबर
  • .

हङकङको ताई पो क्षेत्रस्थित ‘वाङ फुक कोर्ट’ आवासीय परिसरमा लागेको भीषण आगलागीले कम्तीमा ४४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आगलागीका क्रममा ४० जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पुष्टि गरिएको हो। साथै ४५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

मंगलबार दिउँसो करिब २:५१ बजे मात्र स्थानीय अधिकारीलाई आगलागीबारे जानकारी प्राप्त भएको थियो। आगो तीव्र रूपमा फैलिन थालेपछि सम्बद्ध निकायले साँझ ६:२२ बजे खतरा स्तर पाँचसम्म बढाएको थियो। हङकङका प्रमुख कार्यकारी जोन लीले पछिल्लो पत्रकार सम्मेलनमा कम्तीमा २७९ जना अझै बेपत्ता रहेको जानकारी दिएका छन्। उद्धार तथा नियन्त्रण कार्य निरन्तर जारी रहेको बताइएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहे पनि, मर्मतसम्भार भइरहेका केही स्थानमा झ्याल बन्द गर्न प्रयोग गरिएका पोलिस्टीरिन बोर्डहरू फेला परेका छन्, जसका कारण आगो झनै छिटो फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

बिहानसम्म पनि केही टावर ब्लकहरूबाट धुवाँ ननिरिएको देखिएको छ। आठ भवनमध्ये चारमा भने आगो नियन्त्रणमा आएको अधिकारीहरूले जनाएका छन्। प्रहरीले जारी वक्तव्यमा भनेको छ, “हामीसँग यस्तो सङ्केत मिलेको छ कि मर्मतसम्भार गर्ने कम्पनीका जिम्मेवार व्यक्तिहरूको घोर लापरवाहीका कारण आगलागी अनियन्त्रित रूपमा फैलियो र ठूलो मानवीय क्षति भयो।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖